शुक्रवार , फाल्गुण १५, २०८२
काठमाडौं, १५ फागुन । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताउनुभएको छ ।
शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनैपनि दलहरुलाई दुश्मनीको रुपमा लिन नहुने समेत बताउनु भयो । निर्वाचनपछि सबै दलहरुले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरुले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उहाँको भनाई थियो । उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली काँग्रेस पार्टीले संकल्प गरेको छ–हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ ।
राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् । आज हामी जो प्रतिष्पर्धामा छौँ । यी दलहरु भोली सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसकारण दलहरुको मञ्चबाट त्यसैले दलहरुको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ । निर्वाचनको मैदान दुश्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिष्पर्धाको महायज्ञ हो ।’
उपसभापति शर्माले निर्वाचनको मंचलाई गोली गर्ने अवसरको रुपमा लिने काम पनि गर्न नहुने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij