शुक्रवार , फाल्गुण १५, २०८२
मर्चवार । मर्चवारको चियापसलहरुमा यतिबेला चियाको चुुुस्कीसँग चुुनाबी चर्चा गर्नेहरुको संख्या बढीरहेको छ । अन्य समयमा पनि गाउँका मानिसहरु बसेर चियाको चुुस्कीसँगै छलफल र बहस गरिरहने मर्चवारको चोकचोकमा रहेका चिया पसलमा चुुनाबी समयमा झन कुुन उम्मेदवार बलियो कुुन कमजोर भनेर चर्चा भईरहेको दृश्य हेर्दा र सुुन्दा पनि जो कोहिलाई पनि आनन्द लाग्दो देखिन्छ ।
तस्वीरमा देखिएको ठाउँ बगौलि चोकको हो । मर्चवारी गाउँपालिका अन्तर्गत पर्ने बगौलि चौकमा दिउँसो भेला भएका २०/२२ जना मानिसहरु चिया पीउँदै उम्मेदवारको सबल पक्ष र निर्वल पक्षको बारेमा बहस गरिरहेका छन् । उनीहरुको कुुरा सुुन्दा उक्त क्षेत्रमा दुुई पक्षिय भिन्डन्त देखिएको छ ।
बुुढापाकाको कुुरा सुुनेर बसेका जेनजि पुुस्ताका किशोर गणेश कहाँरले भन्नुभयो , ‘म आएको आधा घन्टा जत्ति भयो । यहाँ यस्तै गफगाफ हुुुन्छ । चुनाबको बेला कसले जित्छ कसले हार्छ भनेर बुुढाहरुको कुुरा भईरहेको छ यहाँ ।
त्यहा भेला भएका व्यत्तिहरुका कुरा सुुन्दा प्रमोद यादवले जित निकाल्न सक्ने देखिन्छ, जेनजि पुुस्ताका गणेश कहाँरले भन्नुभयो । मर्चवार बगौलिका दशरथ प्रसाद कहाँरले पनि मर्चवारमा सामन्ती नेता र जनताको नेताबीच प्रतिसपर्धा रहेको बताउनु भयो । उहाँले पछि प्रस्टाउँदै भन्नुभयो ‘चिफ सापको सामन्ती ब्यवहारले मानिसहरु वाक्क छन् । यसैले एमालेका प्रमोदले जित्छन् होला ।’
मर्चवारमा चिफ साप भनेर जसपा नेता सबेन्द्रनाथ शुुक्लालाइ चिन्ने गरिन्छ । समरीमाई ४ सिद्धनाथका जेन जि पुुस्ताका युवा सोनु चमारले मर्चवारका जेनजिहरु प्रमोदको पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो चुनाब जेनजिहरुको आन्दोलनको बलमा हुुदैछ । हामी यहाँ पार्टी भन्दा व्यक्ति राम्रो को छ भनेर पहिचान गर्नुु जरुरी छ। राम्रो व्यक्तिको हातमा हाम्रो क्षेत्रको नेतृत्व पुुग्यो भने यो क्षेत्रको विकास हुुन्छ । यसैले प्रमोद यादवलाई जिताउन हामी सबै जेनजिहरु लागेका छौ ।’
विभिन्न उमेर समूहका मानिसहरुसँग चिया गफमा रमाईरहेका मर्चवारी गाउँपालिका वडा नम्बर ७ का पुर्व अध्यक्ष माथबर कहाँरले सिंगो मर्चवारबासी विकासको पक्षमा रहेको बताउनु भयो । उहाँले मर्चवारमा भए गरेका विभिन्न विकास निर्माणको उदाहरण दिदै ती सबै विकासको नेतृत्वकर्ता एमाले नेता प्रमोद यादव भएको दाबी समेत गरे ।
उहाँले भन्नुभयो, ‘हामी मर्चवारबासीलाई विकास चाहिएको छ । यहाँ पन्चायतकालदेखि अहिले सम्म धेरै नेता देखियो । विकासप्रेमी, विकासकोलागि बजेट हाल्न सक्ने, दिनरात सहजै जनताले भेट्न सक्नेलाइ चुनावमा भोट दिन्छौ ।’ बगौलि चोकमा भेटिएका करिब २२ जना मध्ये अधिकांशले मर्चवारमा सूूर्यको पक्षमा माहौल भएको दाबी गरे ।
बगौलिमा झै मर्चवारको प्रसिद्ध शक्ति पीठको रुपमा रहेको मर्चवारी माईको मन्दिर प्रांगणमा भेटिएकाहरुले मर्चवारमा पाटि भन्दा व्यक्ति हेरेर मत दिने बताएका छन् । मर्चवारीमाई मन्दिर परिसरमा भेटिएका हरिश मिश्राले मर्चवारमा आशुुतोष मिश्र, सर्बेन्द्रनाथ शुक्ला, प्रमोद यादव, कन्हैया बानिया, भुुपेन्द्र यादववीच प्रतिसपर्धा रहेको बताउनुभयो । उहाँले प्रतिसपर्धाकोबीच प्रमोदको जित बलियो रहेको तर्क गर्नुभयो ।
सोहि मन्दिरको प्राङगणमा भेटिएका मर्चवारी गाउँपालिका वडा नम्बर ५ का रामअवधले मर्चवारकोलागि काठमान्डौ बस्ने भन्दा स्थानिय नेता चाहिएको बताउनु भयो । सोहि मन्दिरमा भेटिएका कोटहीमाईका हरिकेश यादवले चुनाबमा समाजको फाईदा हुने व्यक्तिलाई मतदान गर्ने तयारी गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘मर्चवारमा एमालेका उम्मेदवार प्रमोद यादव चर्चामा रहनु भएको छ । उहाँले एमालेका प्रमोद र जसपाका सर्बेन्द्रनाथ शुुक्लाबीच प्रतिसपर्धा हुदैछ ।’ मन्दिरमा घाम तापेर बसिरहेका जेनजि उमेर पुुस्ताका भोला यादवले अलि आक्रोशपुर्ण रुपमा भन्नुभयो, ‘०७९ सालको चुनाबमा शुुक्ला जिलाई भोट दिएर जनता पछुुताएको छन् । अब हामी सबै जेनजि, युवा, समाजका अगुुवाले राम्रो मान्छे चुुन्ने बेला आएको छ।
उक्त मन्दिरको प्राङ्गणमा भेटिएका १८ जना भन्दा बढी मानिसहरुले मर्चवारको विकासकोलागि सबै सचेत हुने पनि बताएका छन् । उनीहरुले चुनाबको बेला मात्रै भेटिने भन्दा सधै भेटिने नेतालाई मत दिनुुपर्ने बेला आएको बताउनुभयो। मर्चवारको अर्को चोक मर्यादपुरको चिया पसलमा भेटिएका मायादेवि ६ शिवपुुरका नन्दुु पालले मर्चवारबाट सधै नेताहरु विभिन्न आश्वासन बाडेर जित्ने तर विकास भने नगर्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो ‘हामीले नै मत दिएर जितेकाहरु धेरै पटक मन्त्री पनि बने । तर यहाँ केहि गरेनन ।’
सोहि चिया पसलमा भेटिएका कोटहीमाई ३ मर्यादपुरका गुलाम हुुसेन अन्सारीले जनतालाई सम्मान र मायाँ गर्ने नेतालाई मत दिनुुपर्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij