२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

पूर्वानुमानमा आधारित पूर्वकार्य, सबैका लागि पूर्वसूचना सम्बन्धी अभिमुखीकरण

शनिवार , फाल्गुण १६, २०८२

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, १६ फागुन । पूर्वानुमानमा आधारित पूर्वकार्य, सबैका लागि पूर्वसूचना तथा नगद भौचर सहायतासम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । आएफआरसी तथा अमेरिकन रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी (नेरेसो) केन्द्रीय कार्यालयको समन्वय तथा नेरेसो लुम्बिनी प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।

    लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशस्तरीय कार्यक्रमको उद्देश्यमाथि उपनिर्देशक शिवराम गौतमले प्रकाश पार्नुभएको थियो ।

    WhatsApp Image 2026-02-25 at 5.44.36 PM (1).jpeg

    नेरेसो लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण)को अध्यक्षता, रुपन्देही जिल्ला शाखाका मन्त्री टेक बहादुर थापा क्षेत्रीको स्वागत तथा नेरेसो केन्द्रीय कार्यालयका प्रमोद अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।