२०८२, फाल्गुण १६ गते

Feb 28 2026 | २०८२, फाल्गुण १६ गते

सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउँछ : डा. लेखजंग थापा

शनिवार , फाल्गुण १६, २०८२

  • 262
    Shares
  • 262
    Shares
  • भैरहवा, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले सत्ता र शक्तिको घमण्डले अन्ततः पतन निम्त्याउने बताउनुभएको छ ।

    शनिबार भैरहवामा आयोजना भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. थापाले कौमे आदको प्रसंग उल्लेख गर्दै वर्तमान राजनीतिमा देखिएको दम्भप्रति कडा प्रहार गर्नुभयो । उहाँले जहाँ शक्ति हुन्छ त्यहाँ घमण्ड पलाउने र घमण्डले सत्यको मजाक उडाउने बताउँदै इतिहासको त्यो कथा आजका शासकहरूका लागि एउटा चेतावनी भएको उल्लेख गर्नुभयो ।
    नेपालको राजनीतिमा सत्ता लामो समय हात पारेपछि आफूलाई अपरिहार्य ठान्ने र जनताको आवाजलाई कमजोर ठान्ने प्रवृत्ति बढेको भन्दै उहाँले चिन्ता व्यक्त गरे । 

    परिवर्तन सधै चर्को नाराबाट मात्र नभइ कहिलेकाही चिसो हावा जस्तै शान्त तर आँधी जस्तै निर्णायक भएर आउने उहाँको तर्क थियो । इतिहासमा घमण्डको आयु छोटो हुने तर, जनताको विवेक सधै भारी हुनेमा जोड दिँदै उहाँले अबको निर्वाचनमा जनताले न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।

    शनिबार जनता समाजवादी पार्टी (जसपा), नेपालको विद्यार्थी संगठन (तत्कालीन लोसपा) का केन्द्रीय सह–महासचिव उमेश अग्रहरीको नेतृत्वमा १२५ जना जेनजी युवा रास्वपामा प्रवेश गरेका छन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार ज्ञानु पौड्याल, पुनम अग्रवाल, अमृता वि.क., श्रद्धा कुवर लगायतले बोल्नुभएको थियो ।