
मंगलवार , बैशाख २१, २०७८
काठमाडौं, २१ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्ति गरिएको छ ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा गण्डकीका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशका प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरी नेपालको संविधानको धारा १६७ बमोजिम गण्डकीमा सीता कुमारी पौडेल र सुदूरपश्चिममा गंगा प्रसाद यादवलाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवलाई सपथ गराएकी छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतको उपस्थित थियो ।
नवनियुक्त गण्डकी प्रदेश प्रमुख पौडेल चितवनकी एमाले नेतृ हुन भने सुदुरपश्चिम प्रदेश प्रमुख यादव पूर्व उपसभामुख र सप्तरी निवासी नेता हुन् । उता पद्मुक्त भएका शेरचन र पन्त नेकपा (माओवादी केन्द्र) को कोटामा परेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij