२०८३, आषाढ ११ गते

Jun 25 2026 | २०८३, आषाढ ११ गते

तराईका जिल्लामा ‘निर्वाचनमैत्री होली’ मनाइने, मतदानमा असर नपर्ने

आइतवार , फाल्गुण १७, २०८२

  • 835
    Shares
  • 835
    Shares
  • काठमाडौं, १७ फागुन । तराईका जिल्लाहरूमा निर्वाचनको समयमा होली पर्व परे पनि यसले मतदान प्रक्रियामा कुनै नकारात्मक असर नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

    आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मोरङ, रौतहट, बारा, पर्सा लगायतका तराईका जिल्लाहरूको भ्रमणपछि त्यहाँका मतदाताहरू ‘निर्वाचन मैत्री होली’ मनाउन तयार रहेको जानकारी दिनुभएको हो ।

    उहाँका अनुसार तराईका मतदाताहरू निर्वाचनप्रति सचेत र उत्साहित छन् । होलीको उल्लाससँगै निर्वाचनको महाकुम्भमा सहभागी हुन मतदाताहरू आतुर रहेको र यसले मतदानको वातावरणलाई अझ उल्लासमय बनाउने उहाँको विश्वास छ । 

    उहाँले भन्नुभयो, ‘हामीले यहाँबाट विश्लेषण गर्दा होलीले असर गर्छ कि भन्ने सोचेका थियौँ । तर त्यहाँका मतदाताहरूले स्वतःस्फूर्त रूपमा अहिले हामीले मनाउने होली निर्वाचनमैत्री हुन्छ र यसले मतदान प्रक्रियालाई केही असर गर्दैन भन्नुभएको छ ।’ 

    पर्व र निर्वाचन दुवैलाई सँगसँगै सफल बनाउन तराईका नागरिकहरूले देखाएको प्रतिवद्धताको उहाँले प्रशंसा गर्नुभयो ।