२०८२, फाल्गुण १९ गते

Mar 03 2026 | २०८२, फाल्गुण १९ गते

चित्रांश होली मिलन, शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

सोमवार , फाल्गुण १८, २०८२

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १८ फागुन । चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगर, रुपन्देहीले चित्रांश होली मिलन, शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चित्रगुप्त मन्दिर परिसरमा उक्त कार्यक्रम गरिएको समितिका अध्यक्ष दीपक मल्लिकले बताउनुभयो । विगतका वर्षहरुझै यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष मल्लिकले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि समाजसेवी अमित कुमार गुप्ताले चित्रगुप्त युवा सेवा समाजले धर्म संस्कृतिको संरक्षणसँगै विभिन्न सामाजिक कार्य गर्नु सराहनीय रहेको बताउनुभयो ।

    समितिका सल्लाहकार दीपेन्द्र मल्लिकको स्वागत तथा सचिव विवेकानन्द मल्लिकको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि पूर्व सचिव तथा अधिवक्ता दिलिप कुमार मल्लिकले प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष रत्नेश कुमार मल्लिक, पूर्वअध्यक्ष छेदीलाल श्रीवास्तव, दीपेश कर्ण लगायतले बोल्नुभएको थियो ।

    WhatsApp Image 2026-03-02 at 6.56.24 AM.jpeg
    WhatsApp Image 2026-03-02 at 6.56.26 AM.jpeg
    WhatsApp Image 2026-03-02 at 6.56.38 AM.jpeg