सोमवार , फाल्गुण १८, २०८२
भैरहवा । आशुतोष मिश्र, रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारका एक कर्मठ युवा नेता हुनुहुन्छ । रुपन्देहीको मर्चवारमा जन्मिनु भएका मिश्र खरो स्वभावसहित मिठो बोली र व्यावहारिकता कारण सबैमाझ पृय हुनुहुन्छ ।
स्थानीय नागरिकले चाहेका बेला भेट्न सकिने र स्वच्छ छविभएका मिश्र राजनीतिमा उदाउदै गरेको एउटा चम्किलो ताराको रुपमा बुझ्ने गरेका छन् ।
२०३५ सालमा मर्चवारको रायपुरमा जन्मिनु भएका आशुतोष मिश्र मर्चवारकै माटोमा हुर्किएर नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसबाट रुपन्देही–४ मा उम्मेदवारी दिनु भएका मिश्र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्दै राजनीतिसगैं समाजसेवामा पनि सक्रिय रहनु भएको छ ।
राजनीति र न्याय क्षेत्रसँग हुर्किनु भएका मिश्रलाई अब सासंदको रुपमा बिजयी बनाएर पठाउने स्थानिय मतदाता बताउछन् ।
स्थानिय मतदाता साहबुद्धिन देवानले समाज बुझेका मिश्रले आफ्नो क्षेत्रको बिकासमा कुनै पनि कसर बाँकी नराख्ने हुँदा मर्चचारका जनता बिजयी बनाउन आतुर रहेको बताउनु भयो । ‘हामीलाई रैथाने उम्मेदवार चाहिएको थियो, बल्ल पाएका छौ’ उहाँले भन्नुभयो९‘सबै जात, जाती धर्म र सस्कारलाई नजिकबाट सहयोग गर्ने सहयोगी धनका मनि आशुतोषलाई हामी बिजयी बनाएर पठाउछौं ।
देवान सहित मायादेवि गाउँपापिलका ४ का अर्का मतदाताले यस अघि बिजयी भएका सबै सांसदले जनता झुक्काउने मात्र काम गरेको बताउनु भयो । उहाँले बिगतमा जनता भुक्काएका सांसदका उम्मेदवारलाई यस पटक रुपन्देही ४ का मतदाताले मत नदिएर गल्तीको सजाय दिने बताउनु भयो ।
सुख, दुःखका बेला स्थानियको सारथी बन्ने गर्नु भएका मिश्र सुखमा नमात्तिने र दुखमा नआत्तिने कारण मर्चवारवासीसंगै समग्र क्षेत्रबासीको मनमुटुमा बस्न सफल भएको मर्चवारी एकका साधुशरण यादवको बुझाई छ ।
मर्चवारमा यस पटक नेपाली कांग्रेसमा जनलहर आएको छ, यादवले भन्नु भयो जति काम गर्न सक्नुहुन्छ, त्यत्ति मात्र बोल्ने नेता आशुतोषले यस पटक निर्विकल्प रुपमा जित निकाल्ने बताउनु भयो ।
यस्तै मर्चवारी ५ का राहुल यादवले पनि यस पटक आशुतोष मिश्रलाइ मद दिने बताउनु भयो । सबैलाइ समान व्यवहार गर्ने भएका कारणले मिश्रलाइ मत दिने मनस्थीति बनाएको यादवको भनाइ छ ।
सम्मरीमाइ गाउँपालिका १ का रामनयन बरुणले रुपन्देही ४ का जेन जी पुस्ताले जेन जी को मर्म र भावना बुझ्ने उम्मेदवरको रुपमा मिश्र रहेको बताउदै उहाँ नै मत दिने बताउनु भयो । सम्मरीमाइ ३ का रविकेश गौतमले पनि सबैको मनोभावना बुझ्ने नेताको रुपमा मिश्रलाइ चित्रण गर्नुभयो । उहाँले जनताका सेवकको रुपमा काम गर्दै आउनु भएका मिश्रलाइ मतदान गरेर रुपन्देही ४ का जनताले न्याय गर्ने बताउनु भयो ।
रुपन्देही ४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आशुतोष मिश्र २०७० सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ । २०७४ को निर्वाचनका बेला मिश्रको अगुवाइमा व्यवसायी प्रमोदकुमार यादव, वसिउद्दिन खान, फखरुद्दिन खान लगायतलाई कांग्रेसमा भित्राएर संघिय र प्रदेश सभाका दुबै क्षेत्रमा जित निकाल्नु भएका मिश्र त्यही निर्वाचन क्षेत्रबाट जित निकाल्ने तयारीमा हुनुहुन्छ ।
मर्चवारले पहिलोपटक स्थानिय र जनताको सेवक बन्दै आएका व्यत्तिलाई टिकट पाएपछि स्थानिय मतदाता मिश्रलाई विजयी बनाउने गरी लागेको दोहोराएका छन् ।
उम्मेदवार मिश्रले सिंचाइ, मलखाद र बजार सुनिश्चितता, स्थानीय रोजगारी, गुणस्तरीय शिक्षा, प्राविधिक शिक्षा, स्वास्थ सेवा, खानेपानी व्यवस्थापनलाई प्राथमिकता दिनु भएको छ । जनतालाई गफ नभई काम चाहिएको भन्दै आफु काम गर्नका लागि निर्वाचनमा होमिएको बताउनु भयो ।
रुपन्देही ४ का युवादेखि जेष्ठ नागरिक सम्मले कांग्रेस उम्मेदवार मिश्रलाई निर्वाचनमा सहयोग गरेका छन् । कांग्रेस उम्मेदवार मिश्रलाई मर्चवारीमाई गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले पनि सर्मथन गर्नु भएको छ । बरईले २०७९ को स्थानिय तहको निर्वाचनमा हृद्यस त्रिपाठी नेतृत्वको पार्टीबाट चुनाव जित्नु भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij