२०८२, फाल्गुण १९ गते

Mar 03 2026 | २०८२, फाल्गुण १९ गते

रुपन्देहीमा ८ लाख बढीको अवैध सामान बरामद

मंगलवार , फाल्गुण १९, २०८२

  • 469
    Shares
  • 469
    Shares
  • भैरहवा, १९ फागुन । रुपन्देहीमा प्रहरीले दुई दिनमा झण्डै साढे ८ लाखको अवैध सामान बरामद गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले फागुन १६ र १७ गते अन्दाजी मूल्य ८ लाख ४० हजार ८ सय बराबरको सामान बरामद गरेको हो ।

    विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा भन्सार छली चोरी पैठारी गरिएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो । नियन्त्रणमा लिइएका सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको उहाँले जानकारी दिनुभयो ।

    लेडिज कुर्ता सुरवाल, रेडबुल, स्नाईकर चकलेटसहित सामान ल्याउन प्रयोग गरिएका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।