२०८२, फाल्गुण २१ गते

Mar 05 2026 | २०८२, फाल्गुण २१ गते

रुपन्देही–३ : राप्रपा उम्मेदवार गौरव बोहराले गरे मतदान

बिहिवार , फाल्गुण २१, २०८२

  • 343
    Shares
  • 343
    Shares
  • भैरहवा, २१ फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार वरिष्ठ क्याप्टेन गौरव बोहराले मतदान गर्नुभएको छ । बिहीबार बिहान सवा ८ बजे सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा रहेको मतदान केन्द्रमा बोहराले मतदान गर्नुभएको राप्रपाका युवा नेता अजय कुमार गुप्ताले बताउनुभयो । 

    गौरव बोहरा पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता स्वर्गीय दीपक बोहराका सुपुत्र हुनुहुन्छ । २०७९ सालमा रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

    गौरव बोहरासहित राप्रपाबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार स्वाती थापा लगायतले पनि मतदान गर्नुभएको छ ।