२०८२, फाल्गुण २१ गते

Mar 05 2026 | २०८२, फाल्गुण २१ गते

रुपन्देहीमा शान्तिपूर्ण रुपमा मतदान जारी

बिहिवार , फाल्गुण २१, २०८२

  • 379
    Shares
  • 379
    Shares
  • भैरहवा, २१ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार रुपन्देही जिल्लामा शान्तिपूर्ण रुपमा मतदान जारी छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे मतदान सुचारु भएको रुपन्देहीको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिनुभयो । 

    मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार बिहान १० बजेसम्म हरेक मतदान केन्द्रमा १५० बढी भन्दा मतदाताले मतदान गरिसक्नुभएको अर्थात २० प्रतिशतसम्म मतदान सम्पन्न भइसकेको छ । सुरक्षा व्यवस्था पनि एकदमै राम्रो रहेको उहाँले जानकारी दिनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–५ का दर्पण श्रेष्ठले अहिलेको निर्वाचनमा राष्ट्रको हितमा काम गर्ने विशेष गरी युवा वर्गलाई निर्वाचित गर्नुपर्ने बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–८ की अदिती के.सी.ले पहिलोपटक मतदान गर्न पाउँदा आफू एकदमै उत्साहित भएको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ३ लाख ४६ हजार २ सय ३ पुरुष, ३ लाख २६ हजार ३ सय ११ महिला र ९ अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ मतदाता रहेका छन् । प्रतिनिधि सभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् ।...