२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मुख्यमन्त्री पोखरेलले पुनर्गठनपछि गरे तेस्रो पटक मन्त्रीपरिषद् विस्तार  

मंगलवार , बैशाख २१, २०७८

बुटवल, २१ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पोखरेलले पुनर्गठन पछि तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका हुन् । मंगलबार भएको मन्त्रीपरिषद् विस्तारमा केही मन्त्रीहरुको जिम्मेवारी फेरिएको छ भने कोही नयाँ थपिएका छन् ।

रुपन्देहीका भोज प्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी धर्मबहादुर लाल श्रीवास्तवले पाएका छन् । यस अघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका हरि रिजाल ग्रामीण तथा सहरी विकास मन्त्री भएका छन् ।

त्यसै गरी यस अघि सामाजिक तथा शिक्षा मन्त्री रहेकी कल्पना पाण्डे अहिले उद्योग, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएकी छन् ।

त्यस्तै बैजनाथ चौधरी आर्थिक मामिला तथा योजना मन्त्री, सन्तोष कुमार पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, विजय बहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत छन् ।