शुक्रवार , फाल्गुण २२, २०८२
भैरहवा, २२ फागुन । रूपन्देही क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले सुरूवाती अग्रता लिनुभएको छ । ८ हजार ४ सय ६३ मत गणना हुँदा एमालेका उम्मेदवार यादवले २ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २ सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाले १ हजार ८ सय ३० र जनता समाजवादी पार्टी (जसपा) नेपालका सर्वेन्द्र नाथ शुक्लाले ६ सय ६९ मत ल्याउनुभएको छ ।
२०७४ सालमा रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसबाट प्रमोद कुमार यादव निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७९ मा यहाँबाट तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (जसपा) नेपालका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित हुनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij