शुक्रवार , फाल्गुण २२, २०८२
भैरहवा, २२ फागुन । रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले अग्रता लिनुभएको छ । २ हजार ७ सय ८६ मतगणना हुँदा रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले १ हजार ७ सय ९० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार सुशील गुरुङ्गले २५०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गौरव बोहराले २४८ र नेकपा (एमाले)का उम्मेदवार बासुदेव घिमिरेले १९२ मत प्राप्त गर्नुभएको छ ।
११९ मत भने बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij