२०८२, फाल्गुण २२ गते

Mar 06 2026 | २०८२, फाल्गुण २२ गते

रुपन्देही–४ : एमाले उम्मेदवार प्रमोद यादवको अग्रता कायमै

शुक्रवार , फाल्गुण २२, २०८२

  • 394
    Shares
  • 394
    Shares
  • भैरहवा, २२ फागुन । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले अग्रतालाई कायम राख्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ का अनुसार १८ हजार ४ सय ३७ मतगणना हुँदा एमाले उम्मेदवार यादवले ५ हजार ५ सय ९७ मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार आशुतोष मिश्रले ४ हजार ६ सय २०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाले ४ हजार ५ सय ४८ र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले १ हजार ६ सय १९ मत प्राप्त गर्नुभएको छ । १ हजार ३५ मत भने बदर भएको छ ।