२०८२, फाल्गुण २३ गते

Mar 07 2026 | २०८२, फाल्गुण २३ गते

रुपन्देही–४ मा रास्वपाका कन्हैया बनिया निर्वाचित

शनिवार , फाल्गुण २३, २०८२

  • 532
    Shares
  • 532
    Shares
  • भैरहवा, २३ फागुन । रुपन्देही क्षेत्र नम्बर ४ बाट सम्पन्न प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया निर्वाचित हुनुभएको छ ।

    निर्वाचन अधिकृत टोपबहादुर विष्टका बनियाले २८ हजार ६६ मत प्राप्त गरी बनिया निर्वाचित हुनुभएको जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६ सय १३ मत प्राप्त गर्नुभएको छ । यसै गरी जनता समाजवादी पार्टी (जसपा), नेपालका सर्वेन्द्रनाथ शुक्लाले ३ हजार ४ सय १० र जनमत पार्टीका उम्मेदवार भोपेन्द्र प्रसाद यादवले २ हजार ७७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा कुल १ लाख १६ हजार १ सय ७२ मतदाता छन् । तीमध्ये फागुन २१ गते सम्पन्न मतदानमा ७७ हजार ३ सय ९३ जनाले मतदान गरेका थिए, जुन करिब ६६ प्रतिशतभन्दा बढी मतदान हो ।