शनिवार , फाल्गुण २३, २०८२
रुपन्देही, २३ फागुन । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मोहम्मद इश्तियाक राई फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ । पूर्वमन्त्री इश्तियाकको जीतसँगै एमालेले पहिलो खाता खोलेको हो ।
उहाँले एमालेबाट लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्र र देशमै पहिलो विजयी दर्ता गर्नुभएको छ । निर्वाचनकै मुखमा एमाले प्रवेश गरेका राईले रास्वपा र नेपाली कांग्रेसका उम्मेदवारलाई पछाडि पार्दै जीत दर्ता गराउनुभएको हो । राईले २४ हजार ६ सय २६ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले १७ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ऋषिराज देवकोटाले १ हजार २ सय ८६ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार दीपेन्द्र विष्ट १ हजार १५ मत प्राप्त गर्नुभएको थियो ।
२०७९ सालको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ मा एमालेको समर्थनमा राप्रपाका उम्मेदवार धवल शमशेर राणा निर्वाचित हुनुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij