२०८३, बैशाख २८ गते

May 11 2026 | २०८३, बैशाख २८ गते

जनताले दिएको मत स्वीकार्दै गरेका प्रतिवद्धता पूरा गर्नेछु : हिरा खत्री

शनिवार , फाल्गुण २३, २०८२

  • 1000
    Shares
  • 1000
    Shares
  • देवदह, २३ फागुन । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हिरा बहादुर खत्रीले जनताले दिएको मतपरिणामलाई स्वीकार गर्नु नै जनमत माथीको सम्मान भएको बताउनुभएको छ । जनताले दिएको मत र लोकतन्त्रमा जनताको मतलाई सम्मान गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै जनताको निर्णयलाई नै शिरोपर मानेको बताउनुभयो । 

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही–१ मा कांग्रेसबाट उम्मेदवार बन्नुभएका खत्रीले रास्वपाबाट निर्वाचित सुनिल लम्साललाई शनिबार बधाई तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै आफ्नो कर्तव्य र जनताको अभिमतका आधारमा काम गर्ने हौसला मिलोस् भन्दै शुभकामना दिनुभयो । 

    उहाँले जीत जसको भए तापनि जनताकै जीत भएको उल्लेख गर्दै शान्ति र सुशासनको पक्षमा अडिक भएर काम गर्न कामना गर्नुभयो । उहाँले क्षेत्र नम्बर १ बाट आफू उम्मेदवार बन्दा आफ्नो पक्षमा मतदान गर्नुहुने, निर्वाचनका बेला साथ, सहयोग हौसला दिनुहुने सम्पूर्ण मतदाताहरुलाई आभार व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभएको छ–‘यस यात्रामा साथ दिनुहुने सम्पूर्ण मतदाताज्यूहरू, निर्वाचनमा परिचालित पार्टीका निष्ठावान नेता तथा साथीहरू, शुभेच्छुकज्युहरू तथा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो जिम्मेवारी निर्वाह गर्नुहुने सम्पूर्ण सरोकारवाला निकायप्रति हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्दछु ।’ 

    उहाँले प्राप्त गरेको मतको सम्मान गर्दै आफुले मतदातासँग गरेका प्रतिबद्धताहरू पूरा गर्न र क्षेत्रवासीको सेवामा सधैँ समर्पित रहँदै सामाजिक काममा सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । ‘जीतहार एउटा प्रक्रिया हो, म निर्वाचनमा उपविजेता भए तापनि जनताको सेवामा सधैव समर्पित रहने विश्वास सबैलाई दिन चाहान्छ’उहाँले भन्नुभयो ।