२०८२, फाल्गुण २४ गते

Mar 08 2026 | २०८२, फाल्गुण २४ गते

पश्चिम नवलपरासी–२ मा रास्वपाका नरेन्द्र गुप्ता फराकिलो मतान्तरले विजयी

आइतवार , फाल्गुण २४, २०८२

  • 358
    Shares
  • 358
    Shares
  • भैरहवा, २४ फागुन । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्र कुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । रास्वपाका गुप्ता ४४ हजार १ सय ३८ मतका साथ निर्वाचित हुँदा उहाँका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका उम्मेदवार भीम बहादुर थापा क्षेत्रीले १५ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ । गुप्ता २८ हजार १ सय ९३ मतान्तरले विजयी हुनुभएको हो ।

    त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार देवेन्द्र यादवले ७ हजार २ सय १२ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धुब्र बहादुर प्रधानले ४ हजार ६ सय ९१ मत प्राप्त गर्नुभएको छ । 

    २०७९ सालमा यो क्षेत्रबाट राप्रपा उम्मेदवार धुब्र बहादुर प्रधान विजयी हुनुभएको थियो । यसपटकको निर्वाचनमा भने उहाँ चौथो स्थानमा हुनुहुन्छ ।

    प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुप्ता २०७४ सालमा नेपाली काँग्रेसबाट रामग्राम नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको थियो । २०७९ सालमा भने उहाँ नगरप्रमुखमा पराजित हुनुभएको थियो ।