२०८२, चैत्र ९ गते

Mar 23 2026 | २०८२, चैत्र ९ गते

'जनादेशलाई कडा आदेश सम्झी जनताको सेवामा लाग्नुको विकल्प छैन'

आइतवार , फाल्गुण २४, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • नेपालको इतिहासकै अत्यन्त महत्वपूर्ण एवं चर्चित निर्वाचनमा अभुतपूर्ण एकतर्फा प्रचण्ड जीत सहित ‘बालेन साह’ को नेतृत्वले तत्कालीन आन्दोलनबाट प्राप्त प्रजातन्त्र, लोकतन्त्र एवं गणतन्त्रमा उही पुरानो एकै अनुहारलाई पटकपटक विभिन्न अव्यवहारिक÷सिद्धान्तबिहीन शक्तिसँगको गठजोड गरी केवल आफू एव आफ्नो समूह/आसेपासेलाई लिएर केवल सरकार एवं पार्टीको नेतृत्वमा बाँच्नुञ्जेल बसिरहने एवं कुनै नयाँ अनुहारलाई वास्ता नगरी केवल सरकारमा बसि दम्भ देखाउने त्यो निरंकुश प्रवृत्तिलाई त्यो केवल एकल स्पष्ट नेतृत्वको रुपमा देशले बालेन साहलाई प्रत्यक्षमा दुईतिहाइ सिट एवं समानुपातिकमा समेत सुरुवाती रुझान पनि लगभग त्यही दोहोरिन पाएको त्यो एकल÷एकतर्फी विजयलाई हार्दिक बधाई दिन चाहन्छु ।

    साथै रुपन्देहीमा क्लिस्वीवप गर्दै भारी मतान्तरले निर्वाचित पाँचैजना माननीयज्यूहरुलाई बधाई एवं शुभकामना । जनअपेक्षा एवं आफूहरुले वाचा गरेको सम्पूर्ण एजेण्डा एवं प्रतिबद्धतालाई सकुशल पूरा गर्ने गरी तपाईहरु भोलिबाटै लाग्ने,  साथै पराजय व्यहोरेका पार्टीहरुले महान नेपाली मतदाताप्रति  पनि नतमस्तक हुँदै  यो ‘जनादेश’ लाई गौरवका साथ स्वीकार्नुको विकल्प छैन । साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट निर्वाचित एक मात्र सांसद माननीय ज्ञानेन्द्र शाहीज्यूलाई पनि बधाई दिदै रुपन्देहीसहित देशभरी पराजय व्यहोर्नुपरेका सम्पूर्ण राष्ट्रवादी सिपाही एवं नेता÷ कार्यकर्ताज्यूरुलाई निश्चय पनि फरक ढंगले आन्तरिक सुढृढीकरणसहित जनचाहनाअनुरुप अर्को निर्वाचनको लागि कार्यक्रम अघि बढाइ आ–आफ्नो क्षेत्रमा अघि बढनु सम्पूर्णमा अनुरोध गर्दछु ।
    जय राष्ट्रवाद, जय हिन्दूराष्ट्र 
    (गुप्ता राप्रपाको युवा नेता हुनुहुन्छ)