२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

निर्वाचनको नतिजाबाट बिचलित नहुन राप्रपा रुपन्देहीको अनुरोध

आइतवार , फाल्गुण २४, २०८२

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही जिल्ला कार्यसमितिले निर्वाचनमा पार्टीको अपेक्षाअनुसार नतीजा प्राप्त नभएको भए पनि जनमतलाई शिरोधार्य गर्न र नतिजाबाट निराश तथा बिचलित नहुन अनुरोध गरेको छ । राप्रपा रुपन्देहीले पार्टी पंक्ति र जनसमुदायलाई पूर्ववत जिम्मेवारीमा रही पार्टीप्रति अझ बढी प्रतिबद्ध रहन अनुरोध गरेको हो ।

    पार्टीका जिल्ला सभापति सागर प्रताप राणाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै हालै सम्पन्न प्रतिनिधि सभा २०८२ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले भारी बहुमतका साथ विजयी हासिल गरेकोमा सो पार्टी तथा विजयी सम्पूर्ण उम्मेदवारहरुलाई बधाई ज्ञापन गर्नुभएको छ । ‘विषम परिस्थितिमा भएको आम निर्वाचनबाट प्राप्त परिणामले एउटा दललाई स्पष्ट बहुमत प्राप्त हुनुले देशलाई स्थिरता दिने, विकास र समृद्धिको सपना साकार हुने दिशामा अग्रसर हुने अपेक्षा लिएको छु । शान्ति, स्थिरतासँग जनअपेक्षा पूरा गर्न निर्वाचित सांसदहरुले काम गर्नका लागि शुभकामना दिन चाहन्छु, ’उहाँले भन्नुभयो ।

    संगठनलाई अझ बढी जनस्तरमा पुर्याई आगामी दिनमा पार्टीको भविष्य उज्वल बनाउनका लागि सबैको कटिबद्धता आवश्यक रहेको उहाँको छ ।

    निर्वाचनका दौरानमा पार्टी तथा पार्टीले उठाएका उम्मेदवारका पक्षमा अहोरात्र खट्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनताप्रति कृतज्ञता ज्ञापन गर्दछु । साथै शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने निर्वाचन आयोग तथा सो कार्यमा खटिने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दछु, ’सभापति राणाले भन्नुभयो ।