
बुधवार , बैशाख २२, २०७८
काठमाडौं, २२ वैशाख ।
नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता गरिएको छ । माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयमा गएर सर्मथन फिर्ताको पत्र दर्ता गराएका हुन् ।
पत्र दर्ता भएपछि नेपालको राजनिति फेरी तरंगित बन्न पुगेको छ । यसअघि मंगलबार काठमाडौंमा उपलब्ध नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्यहरुको बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको थियो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै ओली सरकार अल्पमतमा परेको छ । उता आगामी वैशाख २७ गते सरकारले संसदबाट विश्वासको मत लिने भन्दै विशेष अधिबेशन बोलाइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij