२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

रुपन्देही–३ : समानुपातिकतर्फ रास्वपा पहिलो, राप्रपा तेस्रो

मंगलवार , फाल्गुण २६, २०८२

  • 850
    Shares
  • 850
    Shares
  • भैरहवा, २६ फागुन । रुपन्देही क्षेत्र नम्बर ३ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार समानुपातिकतर्फ रास्वपाले ५८ हजार ३ सय २५ मत प्राप्त गरेको छ ।

    त्यस्तै नेपाली काँग्रेस ८ हजार १ सय ८६ मतका साथ दोस्रो भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ८ हजार १ सय १८ मतसहित तेस्रो र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७ हजार ६ सय ८९ मतसहित चौथो भएको छ ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २ हजार २ सय ७७ र श्रम संस्कृति पार्टीले १ हजार ४ सय ५ मत प्राप्त गरेको छ ।

    फागुन २१ गते भएको निर्वाचनमा समानुपातिकतर्फ ९४ हजार २ सय ३२ मत खसेकोमा ९१ हजार २ सय ७६ मत सदर हुँदा २ हजार ९ सय ५६ मत बदर भएको थियो । समानुपातिकतर्फ यो क्षेत्रमा ५७ वटा राजनीतिक दलहरूले भाग लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    रुपन्देही–३ बाट प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार डा. लेखजंग थापा ५८ हजार १ सय ८४ मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

    २०७९ सालको निर्वाचनमा यो क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका उम्मेदवार दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रुपन्देहीमा प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र छन् ।