मंगलवार , फाल्गुण २६, २०८२
भैरहवा, २६ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएकामध्ये २३ जनाले एक सय मत कटाउन सकेनन् । यो निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ३६ जनाले उम्मेदवारी दिएका थिए ।
नेपाल मजदुर किसान पार्टीका सुग्रिम चाईले २६, प्रगतिशील लोकतान्त्रिक पार्टीका गोविन्द प्रसाद काराखेतीले ४६, मंगोल नेशनल अर्गनाइजेसनका कुलवीर घर्ती मगरले ५५, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का राजु गौडेलले ७४,, नेशनल रिपब्लिक नेपालका मोहन थापाले ७८, गान्धीवादी पार्टी नेपालका लाल बहादुर रानाले ४ र आम जनता पार्टीका राधेश्याम तेली गुप्ताले ६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवार अन्जना चौधरी थापाले १४, करम हुसेन खानले ९, ख्यामानन्द भुषालले ४७, गोपाल भण्डारीले ५९, जुमराती धुनिया मुसलमानले ४, ठाकुर अधिकारीले ९, तेजिन्द्र मल्लले ८, दीपक बहादुर दर्जीले ५, दुर्गा लाल शर्माले ३६, धन बहादुर बस्नेतले ८, नबाब मुसलमानले ४१, महेन्द्र यादवले ४८, मोहम्मद मुर्तजा साहले १३, विष्णु बहादुर रानाले ७, सचिन रानाले २५ र ज्ञान प्रसाद भुर्तेलले १७ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा १ हजार भन्दा कम मत ल्याउनेमा ८ जना उम्मेदवार छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का श्रीनिवास यादवले १०४, जनमत पार्टीका विशाल गुप्ताले ४२९, राष्ट्रिय जनमोर्चाका बद्रे आलम मुसलमानले १९५, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शंकर प्रसाद ज्ञवालीले १०४, राष्ट्रिय जनमुक्ति पार्टीका मोजीब अलि मुसलमानले ४१७, उज्यालो नेपाल पार्टीका सरोज सिंह चौधरीले २०६, नागरिक उन्मुक्ति पार्टी, नेपालका नन्द कुमारी थापाले ७५० र स्वतन्त्र उम्मेदवार जीत बहादुर गुप्ताले ६०१ मत प्राप्त गर्नुभएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij