२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

अर्थमन्त्री खनालले फिर्ता गरे रातो पासपोर्ट

मंगलवार , फाल्गुण २६, २०८२

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं,  २६ फागुन । अर्थमन्त्री रामेश्वर खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । डीए ०००२७१० नम्बरको रातो पासपोर्टको प्रयोजन समाप्त भएकाले उनले फिर्ता गर्ने निर्णय गरेका हुन्।

    उनले आफू अर्थ मन्त्रीको हैसियत‌मा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिन प्रशासनलाई अनुराेध गरेका छन् ।

    कूटनीतिक राहदानी सामान्यतया मन्त्री, उच्च सरकारी पदाधिकारी तथा कूटनीतिक जिम्मेवारीमा रहेका व्यक्तिलाई प्रदान गरिने विशेष प्रकारको राहदानी हो। यस्तो राहदानी पद वा जिम्मेवारी समाप्त भएपछि फिर्ता गर्नुपर्ने प्रावधान रहेको छ।