मंगलवार , फाल्गुण २६, २०८२
भैरहवा, २६ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही जिल्लामा पाँचजना उम्मेदवारको मत शुन्य आएको छ । शुन्य मत ल्याउनेमा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएका टिका बहादुर क्षेत्री, दिलिप कुमार सुनार, बालकृष्ण ज्ञवाली, विमला भट्टराई र विष्णु प्रसाद बस्याल हुनुहुन्छ । उहाँहरूले मतदान नगरेको वा अन्य उम्मेदवारलाई मत दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
रुपन्देही–२ मा ३९ जनाले उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा ६४ हजार २ सय ५४ पुरुष, ७० हजार ७ सय ९३ महिला र ३ जना अन्य गरी १ लाख ३५ हजार ५० जना मतदाता छन् । प्रतिनिधि सभातर्फ रुपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्र छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij