images

शुक्रवार, चैत्र १६ गते २०८०

कर तिर्ने म्याद कम्तीमा ३ महिना थप्न संगठनको माग

कर तिर्ने म्याद कम्तीमा ३ महिना थप्न संगठनको माग

images
images
images
बुधवार, बैशाख २२ २०७८
बुधवार, बैशाख २२ २०७८
  • कर तिर्ने म्याद कम्तीमा ३ महिना थप्न संगठनको माग

    भैरहवा, २२ वैशाख ।
    उद्योग व्यापार संगठन, रुपन्देहीले कर तिर्ने म्याद थप्न सरकारसंग माग गरेको छ । उद्योगी व्यवसायीहरुले तिर्नुपर्ने भ्याट, कर, बैंकको ब्याज, किस्ता, विद्युत, खानेपानी, टेलिफोनको महशुल लगायतको लागि कम्तीमा ३ महिनाको समय उपलब्ध गराउन संगठनले सरकारसंग अपिल गरेको हो ।

    images
    images
    images

    निषेधाज्ञाको समयमा उद्योग व्यवसाय बन्द रहेकोले कर तथा बैंकको ब्याज लगायतमा कम्तीमा ३ महिनाको समय सरकारले उपलब्ध गराउनुपर्ने संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । विश्वभर फैलिएको र अहिले नेपालमा पनि महामारीकोे रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउने नागरिकको संख्या बढ्दै गएको र मुलुकको अर्थतन्त्र पनि धरासायी हुने खतरा रहेको भण्डारीले बताए ।

    ‘कोरोना महामारीका कारण गत वर्ष पनि ३ महिनादेखि ६ महिनासम्म उद्योग व्यवसाय ठप्प हँदा उद्योग व्यवयाय धरासायी भयो, पछि विस्तारै उद्योग व्यवसाय तथा पर्यटन क्षेत्र पुर्नजागरण हुन थालेको थियो, ’उनले भने । निषेधाज्ञाका कारण व्यापार, व्यवसाय, आर्थिक चलायमान र नागरिकको आवातजावत बन्द गरिएको स्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी बच्नु र अरुलाई बचाउनु सबैको दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।

    संक्रमितलाई बेड, अक्सिजन र औषधीको व्यवस्था गर्न माग

    यसैबीच उद्योग व्यापार संगठन रुपन्देहीले कोरोना संक्रमित विरामीहरुलाई बेड, अक्सिजन र औषधीको व्यवस्था गर्न सरकार र मातहातका निकाय समक्ष माग गरेको छ । संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बुधबार विज्ञप्ती जारी गर्दै जीउधनको रक्षा गर्न अपिल गरेका छन् । 

    ‘यस्तो विकराल अवस्थामा सरकारले उद्योग, व्यवसाय, पर्यटन क्षेत्रका कुनै पनि भौतिक संरचना उपयोग गर्न सक्ने र निजी क्षेत्रले सहर्ष प्रदान गर्ने पनि म विश्वास दिलाउन चाहन्छु’ विज्ञप्तीमा उल्लेख छ ।

    निषेधाज्ञाको समयमा खाद्यान्न, औषधी, पानी, ग्याँस, तरकारी, अक्सिजन, दुध, फलफूल लगायत अत्यावश्यक सामाग्रीहरुको ढुवानी र वितरणमा सावधानीपूर्वक स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित भइ वितरण गर्न संगठनको आग्रह छ । त्यस्तै लोड अनलोड र ढुवानीको काम सांझ ७ बजेपछि मात्र गर्न र अन्य व्यवसाय तत्कालका लागि बन्द गर्न अनुरोध गरिएको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।

    पुनः ‘दोस्रो लहर’को कोभिड–१९ को कारणले कोरोना संक्रमण बढ्दै गएपछि २०७८ वैशाख १६ गतेदेखि रुपन्देही लगायत देशका कयौं ठाउँमा निषेधाज्ञा जारी गरिएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij