शुक्रवार , फाल्गुण २९, २०८२
काठमाडौं, २९ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मोहनप्रसाद ओली केही दिनयता अस्वस्थ हुनुहुन्थ्यो । गएराति अप्ठ्यारो महशुस भएपछि उहाँलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरियामैत्री अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो ।
मोहनप्रसाद ओली गठ्ठाघरस्थित आफ्नी छोरीको निवासमा बस्दै आउनुभएको थियो । गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका क्रममा उहाँको झापास्थित घरमा आगजनी भएको थियो । त्यसपछि उहाँ झापा फर्कनुभएको थिएन ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij