२०८३, आषाढ १२ गते

Jun 26 2026 | २०८३, आषाढ १२ गते

रास्वपा समानुपातिक सूची आज निर्वाचन आयोगमा बुझाउने

आइतवार , चैत्र १, २०८२

  • 892
    Shares
  • 892
    Shares
  • काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद बन्नेहरुको सूची निर्वाचन आयोगमा आज बुझाउने तयारी गरेको छ। रास्वपाका प्रवक्ता मनिष झाले सरकार गठनमा १० दिन जति लाग्न सक्ने जानकारी दिनुभयो।

    समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाउन रास्वपाको बैठक बस्ने र संसद सचिवालय तथा निर्वाचन आयोगले आवश्यक तयारी गर्न बाँकी रहेको छ।

    सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ । रास्वपाले समानुपातिकमा ५७ सिट जितेको छ, जसमा ४८ जना महिला र ९ जना पुरुष सांसदहरु निर्वाचन गर्नुपर्ने हुन्छ ।

    समानुपातिक सांसद छनोटका लागि हिजो सचिवालय वैठक डाकिएको भए पनि सभापति रवि लामिछानेको अस्वस्थताका कारण आजका लागि सारिएको थियो ।