images

बिहिवार, बैशाख १३ गते २०८१

दैनिक ८ सय अक्सिजन सिलिण्डर आपूर्तिका लागि सहयोग गर्न युसीएमएसको अपिल

दैनिक ८ सय अक्सिजन सिलिण्डर आपूर्तिका लागि सहयोग गर्न युसीएमएसको अपिल

images
images
images
बुधवार, बैशाख २२ २०७८
बुधवार, बैशाख २२ २०७८
  • दैनिक ८ सय अक्सिजन सिलिण्डर आपूर्तिका लागि सहयोग गर्न युसीएमएसको अपिल

    भैरहवा, २२ वैशाख । 
    रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस)ले कम्तीमा पनि दैनिक ८ सय अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन अपिल गरेको छ । बिरामीको चापलाई थेग्न अस्पतालले तयारी अवस्थामा रहेको थप ६० वेडको एच.डी.यु. समेत सञ्चालन गर्न असमर्थ हुनुपरेकोलेसहयोग र समन्वय गरिदिन संघीय, प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै पक्षसंग युसीएमएसले अपिल गरेको छ ।

    images

    सहज आपूर्ति हुन नसके सञ्चालनमा रहेका वेडहरुलाई समेत कटौटी गर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने युसीएमएसका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए । युसीएमएसले बुधबार एक विज्ञप्ती जारी गर्दै अक्सिजन सिलिण्डर पाउन निकै असहजता उत्पन्न भएकोले यसको सहज आपूर्तिको लागि अपिल गरेको छ । हाल छिमेकी राष्ट्र भारतमा कोरोनाको महामारी, स्थानीय प्रशासनद्धारा जारी गरिएको निषेधाज्ञा, अनपेक्षित अघोषित लोडसेडिङ्गले अक्सिजनको उत्पादनमा कमी आएको जनसम्पर्क अधिकृत गुरुङले बताए ।
    अस्पतालमा सामान्य अवस्थामा करिब १२५ वटा अक्सिजन सिलिण्डर खपत भईरहेको अवस्थामा हाल आएर कोभिड अन्तर्गतका करिब १ सय वेडको कोभिड आई.सी.यु. र कोभिड एच.डी.यु. मा उपचाररत प्रत्येक जटिल किसिमका विरामीहरुलाई अनिवार्य रुपमा अक्सिजनको सहयोग आवश्यक्ता पर्ने उनको भनाइ छ । यसका अतिरिक्त अन्य गम्भिर प्रकृतिका विरामीहरु समेत उपचाररत रहेको अवस्थामा प्रत्येक दिन अस्पतालमा कम्तिमा पनि ५ सय अक्सिजन सिलिण्डर खपत भइरहेको विज्ञप्तीमा उल्लेख छ । 

    ‘हाल ‘कोभिड–१९’ दोस्रो लहरको महामारीले विश्व नै आक्रान्त तथा भयावह स्थितिमा पुगेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेन, दिनप्रति दिन कोभिडका एकदमै जटिल बिरामीहरु बढिरहेको अवस्थामा यसको चाप स्वतः यस अस्पताललाई पनि परिरहेको छ, विज्ञप्तीमा उल्लेख छ ।

    अस्पताल प्रशासनका अनुसार यहाँदैनिक रुपमा देशका विभिन्न ठाउँबाट उपचार गर्न आउने नियमित बिरामीहरु, कोभिड–१९ का आशंका गरिएका तथा संक्रमित बिरामीहरुको उपचार भइरहेको छ ।  अस्पतालमा कोभिड–१९ का आशंका गरिएका तथा संक्रमित बिरामीहरुको उपचारमा अग्रपंक्तिमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षा तथा विषम परिस्थितिमा उनीहरुको मनोबल उच्च राख्नु सबैको दायित्व भएको अस्पतालको भनाइ छ ।

    भैरहवामा वि.सं. २०५४ सालमा स्थापना भइ स्वास्थ्य सेवामा निजी क्षेत्रबाट सञ्चालित युसीएमएस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको पहिलो मेडिकल कलेज हो ।







    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij