२०८२, चैत्र ६ गते

Mar 20 2026 | २०८२, चैत्र ६ गते

पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस

बिहिवार , चैत्र ५, २०८२

  • 388
    Shares
  • 388
    Shares
  • काठमाडौं, ५ चैत । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै व्रह्माजीले कालगणना शुरु गर्नुभएको स्मरणमा बिहीवार ज्योतिष दिवस मनाइएको छ । 

    चैत्र शुक्ल प्रतिपदाका दिन काल अर्थात समय गणना शुरु भएको विषय व्रह्मपुराणमा उल्लेख भएअनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलगायत ज्योतिषसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाले एक कार्यक्रमका बीच दिवस मनाएका हुन् ।

    ज्योतिष दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालले पञ्चाङ्ग निर्माण भएपनि त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनु भयो ।

    उहाँले पञ्चाङ्ग प्रकाशन मात्र नभई त्यसको व्यवहारिक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै यसका लागि परिषद्ले देशव्यापी पहल गरिरहेको दाबी पनि गर्नुभयो । अध्यक्ष धितालले पञ्चाङ्गसम्बन्धी देखिएका विवादले कार्यान्वयनमा समस्या सिर्जना गर्ने भएकाले यस्ता विषय समाधानतर्फ विद्वत वर्गको ध्यान जानुपर्नेमा उहाँको जोड छ । 

    उहाँले भन्नुभयो, ‘ पञ्चाङ्ग निर्माण भयो तर कार्यान्वयन गर्न सकिएन भन्ने कुरा मुख्यतः उठिरहेको छ । यही कार्यान्वयन हुनुपर्छ भनेर हामी संस्थाहरु ला गिपरेका छौँ । परिषद् यसैको लागि गाउँ गाउँ गएर कुर्लिरहेको छ ।

    त्यसकारण पञ्चाङ्ग प्रकाशन गर्ने पाटो एउटा भयो भने त्यसको कार्यान्वयन गराउने कुरा महत्वपूर्ण हुन्छ । त्यसकारण त्यसको प्रभावकारी कार्यान्वयन गराउनको लागि हामी निरन्तर लागिराखेका छौँ ।

    त्यस्तै पञ्चाङ्गमै विवादहरु रह्यो भने त्यसको कार्यान्वयन गराउन म गाह्रो हुन्छ । त्यसैले यस्ता विवादहरुको समाधान गराउनको लागि तपाइ विद्वानहरुको ध्यान जान्छ भन्ने विश्वास गराउँदछु ।’

    ज्योतिष क्षेत्रको संस्थागत सुदृढीकरण र पञ्चाङ्गको एकरूपता कार्यान्वयन आवश्यक रहेको उहाँको जिकिर छ ।