२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी प्रदेश प्रमुख दबाबमा परेको सरोकारवालाहरुको आरोप 

बिहिवार , बैशाख २३, २०७८

बुटवल, २३ वैशाख । 
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव दबाबमा परेर अल्पमतमा परेका नेकपा एमालेका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेकोे सरोकारवालाहरुले आरोप लगाएका छन । प्रदेश प्रमुख यादवले अंसबैधानिक र अलोकतान्त्रिक कदम चालेर पोखरेललाई नियुक्ति र सपथ गराएको उनीहरुले बताएका छन  । 

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले प्रदेश प्रमुखले अंसवैधानिक कदम चालेर अल्पमतमा परेका शंकर पोखेरलाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराएर लुम्बिनी प्रदेशमा ताण्डव मच्चाएको आरोप लगाए । अल्पमतमा परेका मुख्यमन्त्रीले सत्ता टिकाउनको लागि जम्बो मन्त्रीपरिषद् गठन गरेकोमा उनले आक्रोश पोखे । मुख्यमन्त्री पोखरेललाई जनतालाई कोरोबाट बचाउन भन्दा पनि सत्ता टिकाउन जोड दिएको आरोप लगाउँदै जम्बो मन्त्रीपरिषद गठन गरेर अनावश्यक खर्च बढाएको टिप्पणी गरे । कोरोना महामारीको हटस्पट बनेको लुम्बिनी प्रदेशमा जनताको जीवन रक्षाको लागि सत्तापक्ष र प्रतिपक्ष लाग्नुपर्नेमा सत्ताको खिचातानीमा लागेको खनालले बताए । प्रदेश सरकार गम्भिर बन्न नसक्दा जनताले अक्सिजनको अभाव खेप्नुपरेकोमा गुनासो पोखे । प्रदेश प्रमुखको कार्यालयमा महिला सांसद माथि प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुकले गरेको हातपातको विषयमा उच्चस्तरीय आयोग गठन गरेर तत्काल छानबीन गर्नुपर्नेमा उनले जोड दिए । महिला सांसदमाथि हातपात हुनु गम्भिर विषय भएकोले छानबीन गरी  दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनले माग गरे ।

संविधानसभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले प्रदेश प्रमुखको कार्यालयमा महिला सांसदमाथि पुरुष प्रहरीले हातपात गरेको घटनाको छानबीन हुनुपर्ने माग गरे । घटनाको छानबीन र दोषिमाथि कारवाही हुनुपर्नेमा उनले जोड दिए । लुम्बिनी प्रदेशमा भएको असंवैधानिक र अलोकतान्त्रिक कदमको राजनीतिक दल, नागरिक समाजले खुलेर विरोध गर्न उनले आग्रह गरे ।  

उच्च अदालत बार एसोसियसन बुटवलका अध्यक्ष जोग बहादुर खत्रीले प्रदेश प्रमुखले अल्पमतमा रहेका शंकर पोखरेलाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराएर संविधानको धज्जी उडाएको बताए ।। अल्पमतमा परेको पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नु असंवैधानिक र कदम भएको उनले टिप्पणी गरे । प्रदेश प्रमुख र मुख्यमन्त्रीले संविधान, संसदीय मूल्य मान्यता, विधि, कानून माथि धाबा बोेलेको उनले आरोप लगाए । संसदमा अविश्वासको प्रस्ताव जीवित रहेको बेला मुख्यमन्त्रीले चोरबाटोबाट राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्नु लज्जास्पद भएको टिप्पणी गरे । आफ्नै प्रदेश प्रमुखको कार्यालयमा सपथ खुवाउनुपर्नेमा मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई सपथ खुवाएर संस्थाकै गरिमा गिराउने काम प्रदेश प्रमुखबाटै भएको खत्रीले बताए । अल्पमतमा रहेका मुख्यमन्त्रीलाई प्रतिपक्षले विशेष अधिवेशनको माग राखेर संसदबाट जवाफ खोज्नु नै अहिलेको उत्तम विकल्प हुने उनले सुझाव दिए ।

साक्षात्कार कार्यक्रम क्लबका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।