२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

भारतीय राजधानीमा उत्साहका साथ ईद–उल–फित्र मनाइयो

आइतवार , चैत्र ८, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • काठमाडौं, ८ चैत । पवित्र रमजान महिनाको समापनको अवसरमा शनिवार भारतीय राजधानीभरि हजारौँ मानिसहरू मस्जिदहरूमा विशेष नमाज अदा गर्न भेला भई ईद–उल–फित्र मनाएका छन् ।

    शनिवार बिहानैदेखि नयाँ दिल्लीका प्रमुख मस्जिदहरूमा प्रार्थना गर्नेहरूको ठूलो उपस्थिति देखिएको थियो ।  परम्परागत पोशाकमा सजिएका श्रद्धालुहरूमा एकता र कृतज्ञताको भाव झल्कन्थ्यो ।

    नमाज सकिएपछि मानिसहरूले एक–अर्कालाई अगाँलो हालेर शुभकामना साटासाट गरे र परिवारका सदस्य, साथीभाइ तथा छिमेकीहरूसँग मिठाई र उपहार आदानप्रदान गरे ।

    भीड नियन्त्रण गर्न र उत्सवलाई सहज रूपमा सम्पन्न गराउन प्रशासनले प्रमुख स्थानहरूमा थप सुरक्षाकर्मी परिचालन गर्दै सुरक्षा व्यवस्था कडा पारेको थियो । चाड मनाउन सपरिवार बाहिर निस्किएका कारण सहरका बजार र सडकहरूमा दिनभरि नै निकै चहलपहल देखिएको थियो ।