२०८२, चैत्र ८ गते

Mar 22 2026 | २०८२, चैत्र ८ गते

भैरहवामा ओशो सम्बन्धी ध्यान शिविर

आइतवार , चैत्र ८, २०८२

  • 337
    Shares
  • 337
    Shares
  • भैरहवा । ओशो सम्बोधी दिवसको अबसरमा भैरहवामा ध्यान शिविर गरिएको छ । ओशो ध्यान केन्द्र भैरहवाको आयोजनामा ध्यान शिविर गरिएको हो । सो अबसरमा ४० जनाले ओशो ध्यान शिविरमा सहभागिता जनाएका थिए । 

    सो अबसरमा स्वामी बिजय शर्माले ध्यान गराउनु भएको थियो । नागरिकहरुमा ध्यान सम्बन्धी ज्ञान बिस्तार गर्ने योजना अनुसार दैनिक रुपमा ध्यान शिबिर सञ्चालन गर्दै आएको ओशो ध्यान केन्द्र भैरहवाका सञ्चालक सुनैना गिरीले जानकारी दिनुभयो । 

    उहाँले बिहान साढे ६ बजेदेखि साढे ७ बजेसम्म सक्रिय ध्यान र बेलुका ५ बजेदेखि ६ बजेसम्म कुन्डलिनि ध्यान हुने तथा शनिवार ध्यान सत्संग हुने बताउनु भयो ।