२०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनीमा ‘धम्मयात्रा’ आयोजना हुँदै, ५०० सामणेर सहभागी हुने

सोमवार , चैत्र ९, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा । बद्ध जन्मस्थल लुम्बिनीमा धम्मयात्रा हुने भएको छ। 

    लुम्बिनीमा सञ्चालन भइरहेको “५०० कुलपुत्र प्रव्रज्या” कार्यक्रम अन्तर्गत चैत १३ र १४ गते बुद्ध सङ्ग सम्बन्धी विभिन्न स्थानमा भव्यरूपा धम्मयात्रा आयोजना गर्न लागिएको हो।

    अखिल नेपाल भिक्षु महासंघ तथा थाई धर्मदूत (इण्डिया–नेपाल) को मूल आयोजनामा, २० वटा सह–आयोजक संस्थाको सहकार्य र प्रव्रज्या सामाजिक नेपालको व्यवस्थापनमा उक्त कार्यक्रम सञ्चालन भइरहेको हो। कार्यक्रमले बुद्ध शासनको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको अध्यक्ष आयोजकले जनाएको छ।

    उहाँका अनुसार धम्मयात्रामा भिक्षुहरू तथा नव–प्रव्रजित ५ सय सामणेरहरूको सहभागिता रहनेछ। चैत १३ गते देवदह, बुटवल र लुम्बिनीमा तथा चैत १४ गते भैरहवामा धम्मयात्रा आयोजना गरिने कार्यक्रम छ। कार्यक्रमले पर्यटन प्रबर्धनमा ठुलो सहयोग गर्ने बिश्वास लिईएको छ।

    WhatsApp Image 2026-03-23 at 16.44.42 (1).jpeg

    देवदह र बुटवलमा चैत १३ गते बिहान ७ बजे धम्मयात्रा सुरु हुनेछ भने लुम्बिनीमा सोही दिन दिउँसो ३ बजे यात्रा प्रारम्भ हुनेछ। त्यसैगरी, भैरहवाको सिद्धार्थ रंगशालाबाट चैत १४ गते दिउँसो २ बजे सुरु हुने धम्मयात्रा विभिन्न स्थान हुँदै लुम्बिनी गेटमा पुगेर समापन गरिनेछ।

    लुम्बिनी गेटमा हुने मुख्य समारोह चैत १४ गते दिउँसो ४ बजे आयोजना गरिनेछ। कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर आउने कार्यक्रम तय भएको छ। धम्मयात्राको स्थानीय संयोजन बौद्ध समाज नेपालले गरिरहेको छ।

    आयोजकका अनुसार तथागत बुद्धले बुद्धत्व प्राप्तिपछि कपिलवस्तु फर्कँदा गरेको ऐतिहासिक यात्राको स्मरणस्वरूप धम्मयात्रा आयोजना गरिएको हो। उक्त यात्रालाई विश्वकै पहिलो ‘आन्तरिक शान्ति पदयात्रा’ का रूपमा लिने गरिन्छ।

    आयोजकले यस ऐतिहासिक तथा आध्यात्मिक कार्यक्रममा सहभागी भई शान्तिको सन्देश प्रवाहमा योगदान दिन सर्वसाधारणलाई आह्वान गरेको छ। साथै, कार्यक्रमको प्रभावकारी प्रचारप्रसारका लागि सञ्चारमाध्यमहरूलाई सहयोग गर्न अनुरोध गरिएको छ।