२०८२, चैत्र १३ गते

Mar 27 2026 | २०८२, चैत्र १३ गते

रेडक्रस सिद्धार्थ उप–शाखाले वृद्धाश्रममा मनायो २२ औं स्थापना दिवस

शुक्रवार , चैत्र १३, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, १३ चैत । नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उप–शाखाले आफ्नो २२ औं स्थापना दिवस वृद्धाश्रममा मनाएको छ । दिवसको अवसरमा उप–शाखाले बिहीबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा खाजा खुवाउने कार्यक्रम गरेको छ ।

    आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दिउँसोको खाजा खुवाइएको रेडक्रस सिद्धार्थ उप–शाखाका सचिव राम प्रसाद सापकोटाले बताउनुभयो ।

    रेडक्रस सिद्धार्थ उप–शाखाको कार्यबाहक अध्यक्ष ललिता बछार चौधरीको अध्यक्षता, रेडक्रस रुपन्देहीको उपसभापति रुपमा कुमारी हिराचनको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक मनोज अग्रवालको स्वागत, कुशल कुमार उपाध्यायको आस्था पाठ तथा राम प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको गियो ।

    कार्यक्रममा प्रमुख अतिथि रुपमा कुमारी हिराचन, रेडक्रस सिद्धार्थ उप–शाखाको निवर्तमान सभापति बसन्त कुमार लाल कर्णको निवर्तमान अध्यक्ष बसन्त कुमार लाल कर्ण, श्री सत्य साई वृद्ध सेवा आश्रमको अध्यक्ष रुपमा हिराचन लगायतले मन्तव्य राख्नुभएको थियो ।

    उक्त कार्यक्रममा रेडक्रसका पूर्व केन्द्रीय केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपाल, विनिता श्रेष्ठ, पदमा श्रेष्ठ लगायतको उपस्थिति थियो ।