images

शुक्रवार, बैशाख २१ गते २०८१

स्टकमा रहेका खाली सिलिण्डर फिर्ता गरौं : सिद्धार्थ उवा संघ

स्टकमा रहेका खाली सिलिण्डर फिर्ता गरौं : सिद्धार्थ उवा संघ

images
images
images
शुक्रवार, बैशाख २४ २०७८
शुक्रवार, बैशाख २४ २०७८
  • स्टकमा रहेका खाली सिलिण्डर फिर्ता गरौं : सिद्धार्थ उवा संघ

    भैरहवा, २४ वैशाख ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले आफूसंग स्टकमा रहेका खाली सिलिण्डर सम्बन्धित उद्योग र नेपाल सरकारले तोकेको निकायमा फिर्ता गर्न सम्पूर्ण उद्योगी, व्यवसायी एवं आम नागरिकमा आग्रह गरेको छ । संघले आम नागरिकको जीवन रक्षा जस्तो मानवीय सेवामा योगदान गर्न अपिल गरेको छ ।

    images
    images
    images

    संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठले शुक्रबार विज्ञप्ती जारी गर्दै विषय परिस्थितिमा अक्सिजन उत्पादनको लागि सम्बन्धित उद्योगहरुमा निरन्तर विद्युत आपूर्तिको व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई अनुरोध गरेका छन् । उनले अक्सिजन उत्पादनलाई थप वृद्धि गर्दै हाल प्राथमिकतामा रहेका कोरोना संक्रमितहरुलाई पहुँच हुने गरी विशेष ध्यान दिन उत्पादन र वितरण कार्यमा रहेका सम्पूर्ण उद्योगी व्यवसायीहरुमा आग्रह गरेका छन् । 

    ‘कोरोना संक्रमणको विषम परिस्थितिमा पनि आफ्नो क्षमता अनुसार अक्सिजनको उत्पादन, वितरण र व्यवस्थापनमा उद्योगी व्यवसायीहरुले निर्वाह गर्नुभएको भूमिकाप्रति सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही आभार प्रकट गर्दछ, ’विज्ञप्तीमा उल्लेख छ ।

    त्यस्तै कोरोनाबाट संक्रमित भइ उपचारमा रहेका सम्पूर्ण उद्योगी व्यवसायी तथा आम नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सुरक्षित रही आ-आफ्नो तर्फबाट सहयोगी हातहरु बढाइ जीवन रक्षाको मानवीय सेवामा समर्पित रहन संघले अपिल गरेको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij