बुधवार , चैत्र १८, २०८२
भैरहवा, १८ चैत । श्री स्वस्तिक महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–९, रुपन्देहीले एकदिने उद्यमशीलता तथा वित्तीय साक्षरता र दुईदिने झोला बनाउने तालिम सम्पन्न गरेको छ । ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा तालिम सम्पन्न गरिएको संस्थाको अध्यक्ष लता पोखरेलले बताउनुभयो ।
सहकारीमा आबद्ध सदस्यहरुलाई उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धी ज्ञान अभिवृद्धिका लागि उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी तालिम आयोजना गरिएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
प्लाष्टिकको झोलालाई विस्थापित गर्ने मूल उद्देश्यका साथ संस्थाले आफ्ना सदस्यहरूलाई कपडाको झोला बनाउने तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । तालिममा २५ जना शेयर सदस्यको सहभागीता रहेको उहाँले जानकारी दिनुभयो ।
सिद्धार्थनगर नगरपालिका–९ स्थित दुमदुमवा गाउँमा २० जनाको समूह गठन गरी उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
सहकारीको अध्यक्ष लत्ता पोखरेलको अध्यक्षता, संस्थापक अध्यक्ष लक्ष्मीदेवी पाण्डेको प्रमुख आतिथ्यता, पूर्वअध्यक्ष सुवर्ण कुँवर, निवर्तमान अध्यक्ष पार्वती ज्ञवाली लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाको उपाध्यक्ष मुना देवकोटाको स्वागत तथा सचिव एवं कार्यक्रम संयोजक अनिता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा सहभागीहरुलाई प्रशिक्षक देवकला टण्डनले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाको कोषाध्यक्ष सरस्वती खनाल र व्यवस्थापन व्यवस्थापक व्यवस्थापक सुशील पोखरेलले गर्नुभएको थियो ।
‘उद्यमशीलता र पारदर्शीता : सहकारीको प्राथमिकता’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी ६९ औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij