२०८२, चैत्र २० गते

Apr 03 2026 | २०८२, चैत्र २० गते

७५ यूनिट रगत संकलन

बुधवार , चैत्र १८, २०८२

  • 484
    Shares
  • 484
    Shares
  • भैरहवा, १८ चैत । विकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका–१५ कोटिहवा, रुपन्देही र तिलोत्तमा रक्तदाता समाजको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । संस्थाको १३ औं वार्षिक उत्सव तथा ६९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको अध्यक्ष डिल्लीराम अर्यालले बताउनुभयो । 

    कार्यक्रममा प्रमुख अतिथि सहकारीका सल्लाहकार कृष्ण प्रसाद शर्मा बस्यालले रक्तदान कार्यक्रम आफैमा महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

    कार्यक्रम संयोजक बिमला गुरुङको स्वागतमा कार्यक्रम भएको थियो ।