२०८२, चैत्र १८ गते

Apr 01 2026 | २०८२, चैत्र १८ गते

भैरहवा भजन टोलीको तदर्थ समिति गठन, अध्यक्षमा भण्डारी

बुधवार , चैत्र १८, २०८२

  • 388
    Shares
  • 388
    Shares
  • भैरहवा, १८ चैत । भैरहवा भजन टोलीले तदर्थ कार्यसमितिको गठन गरेको छ । मंगलबार भैरहवामा सम्पन्न टोलीको भेलाले प्रतीक भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा तदर्थ समितिको गठन भएको हो । 

    समितिको वरिष्ठ उपाध्यक्षमा सागर भुसाल, उपाध्यक्षमा सुरज रेग्मी, सचिवमा नोबेल आचार्य र सह–सचिवमा सृजन खड्का चयन हुनुभएको छ ।

    त्यस्तै कोषाध्यक्षमा अजय अधिकारी र सह–कोषाध्यक्षमा सम्भव मुदभरी चयन हुनुभएको छ । टोलीको कार्यक्रम संयोजकमा किर्तन तिवारी तथा सह–कार्यक्रम संयोजकमा विनय पन्थी र सार्थक क्षेत्री रहनुभएको छ । 

    त्यसै गरी सूचना प्रविधि संयोजकमा सादिन घिमिरे, सदस्यहरूमा विनित रायमाझी, मनिष खनाल, माधवी अधिकारी, अस्मिता सुवेदी, दुर्गा कहार, सुवेक्षा न्यौपाने, सुसान्त केसी, धिरज डुम्रे, कमल घिमिरे र वर्षा डुम्रे रहनुभएको छ ।

    समितिले विधान तयार पारेर छिट्टै संस्थालाई दर्ता प्रक्रियामा लैजाने अध्यक्ष प्रतीक भण्डारीले बताउनुभयो । नेपाली मौलिक लोक भजन, किर्तनको संरक्षण गर्दै समाजमा विस्तार गर्दै लैजाने उद्देश्यले समिति गठन गरिएको उहाँको भनाइ छ । ‘भैरहवा भजन टोली एक धार्मिक तथा साँस्कृतिक समूह हो, जसले भजन–कीर्तन, आध्यात्मिक कार्यक्रम र समाजमा सकारात्मक सन्देश फैलाउने काम गर्दछ, ’उहाँले भन्नुभयो । भजन टोलीले भजन–कीर्तन कार्यक्रम सञ्चालन, मन्दिरमा नियमित पूजा–आराधना, धार्मिक उत्सवहरूमा सहभागीता, आध्यात्मिक सचेतना फैलाउने कार्यक्रम सञ्चालन लगायत कार्यक्रम गर्ने भण्डारीले बताउनुभयो ।

    हाल भैरहवास्थित नारायणस्थान मन्दिरमा टोलीले प्रत्येक शनिबार साँझ ५ देखि ७ बजेसम्म नियमित रूपमा भजन–कीर्तन सञ्चालन गर्दै आएको छ ।