२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

रुपन्देही नापी कार्यालयबाट दुईजना बिचौलिया पक्राउ

शुक्रवार , चैत्र २०, २०८२

  • 814
    Shares
  • 814
    Shares
  • भैरहवा, २० चैत । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले नापी कार्यालय भैरहवाबाट दुईजनालाई पक्राउ गरेको छ । कार्यालयमा आउने सेवाग्राहीहरुको काम छिटो गराइदिन्छु भनी बढी शुल्क लिइ बिचौलिया कार्य गरिरहेका व्यक्तिहरुलाई शुक्रबार पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    रुपन्देहीको ओमसतिया गाउँपालिका–३ बस्ने ३२ वर्षिय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ बस्ने ३० वर्षिय सुरेन्द्र मल्लाहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले बिहीबार पनि बुटवलस्थित यातायात व्यवस्था कार्यालयबाट दुईजना बिचौलियालाई नियन्त्रणमा लिएको थियो ।