२०८२, चैत्र २९ गते

Apr 12 2026 | २०८२, चैत्र २९ गते

राम्रो काम गर्नेलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ : मन्त्री पाण्डेय

आइतवार , चैत्र २९, २०८२

  • 595
    Shares
  • 595
    Shares
  • भैरहवा, २९ चैत । लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले समाजमा राम्रो काम गर्नेलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले समाजको नेतृत्व गर्नेको सम्मान र संरक्षण आवश्यक रहेको बताउनुभयो ।

    श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका–३, ५ र ६ रुपन्देहीद्वारा भैरहवामा आयोजित नवनिर्वाचित पदाधिकारी, कार्यसमितिको पदस्थापन, नववर्ष २०८३ सालको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा मन्त्री पाण्डेयले यस्तो बताउनुभएको हो ।

    उहाँले अगाडि बढ्ने व्यक्तिलाई सबैले समाजको सम्पत्ति बुझे समाज अगाडि बढ्ने उहाँले बताउनुभयो ।  ‘नकारात्मक सोच हटाऔं । राम्रो काम गर्नेलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ, ’उहाँले भन्नुभयो–‘हामी बोल्छौं, गर्छौ र जहाँ भन्नुहुन्छ त्यहाँ पुग्छौं । शक्ति र सार्मथ्यले भ्याएसम्म काम गर्छौं ।’

    प्रहरी पनि समाजबाटै आउने भएकोले समाजमा शान्ति सुरक्षा कायम गर्न नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । जेनजी आन्दोलनपछि घटेको प्रहरीको मनोबल बढाउनुपर्ने उहाँले बताउनुभयो । उमेरले मात्र नभइ विचारले पनि युवा हुनुपर्ने उहाँको भनाइ छ ।

    लागूऔषध दुव्र्यसनमा लागेका व्यक्तिलाई सही बाटोमा ल्याए देश सही बाटोमा जाने मन्त्री पाण्डेयले बताउनुभयो । युवा तथा खेलकुद मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा लागूऔषध दुव्यर्सनविरुद्ध

    जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । आफू कुनै राजनीतिक पृष्ठभूमिको परिवारबाट नआएको बताउनुभयो।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले सामूदायिक प्रहरीको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।

    कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख (प्रहरी निरीक्षक) मान बहादुर बि.सी., श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ता, महासचिव पुनम क्षेत्री, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, समाजसेवी पुरन सिंह राना, अधिवक्ता दिलिप कुमार मल्लिक लगायतले बोल्नुभएको थियो । 

    dddd.JPG

    कार्यक्रममा पत्रकार रबिन्द्र प्रताप गुप्तासहित विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

    सोही कार्यक्रममा दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताका बुवा स्वर्गीय रतन कुमार गुप्ताको स्मृतिमा आमा निर्मला गुप्ताले ५१ हजार रुपैयाँ संस्थालाई प्रदान गर्नुभएको थियो ।

    WhatsApp Image 2026-04-12 at 12.33.27 PM.jpeg

    गत चैत १४ गते सम्पन्न दुर्गा सामुदायिक सेवा केन्द्रको १५ औं साधारण सभा तथा पाँचौं अधिवेशनले अजय कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । उक्त कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शान्ता कंडेल, उपाध्यक्षमा नन्दकिशोर यादव, उपाध्यक्षमा शकुन्तला अधिकारी, महासचिवमा पुनम क्षेत्री, कोषाध्यक्षमा कमलेश पाण्डे, सचिवमा रश्मी कोइराला, सह–कोषाध्यक्षमा पुनम जयसवाल रहनुभएको छ ।

    त्यस्तै सदस्यमा कल्पना ज्ञवाली, विजय चन्द ठकुरी, शान्ता भण्डारी, विष्णु गुप्ता, वर्षा अर्याल, सुनिता शर्मा, दुर्गा के.सी. रहनुभएको छ । 

    संस्थाको मनोनित सदस्यमा जोगेन्द्र गुप्ता, दीपक रसायली, सुरज सुवेदी र प्रहरी प्रतिनिधिमा हरिश विष्ट रहनुभएको छ।

    सल्लाहकारमा दीपक श्रेष्ठ, अधिवक्ता दिलिप कुमार मल्लिक, श्रवण कुमार बेरिवाल, अरुण कर्ण, आनन्द न्यौपाने, रेखा तुलाधर, थानेश्वर पौडेल, डा.सुवोध कुमार पाण्डे, मधुसूदन अर्याल, गौतम गुप्ता, बलराम अधिकारी र मानार्थ सदस्यमा ई. चन्द्रभक्त श्रेष्ठ रहनुभएको छ ।