आइतवार , चैत्र २९, २०८२
भैरहवा, २९ चैत । ‘क्लीन भैरहवा, ग्रीन भैरहवा’ ले सीमा नाका बेलहियामा सरसफाई कार्यक्रम गरेको छ । सीमा नाका (दशगजा) देखि भैरहवा भन्सार कार्यालयसम्म शनिबार बिहान सरसफाई गरिएको युवा अभियन्ता विवेक भण्डारीले बताउनुभयो ।
‘देशका लागि हप्तामा २ घण्टा’ भन्ने मूल नारासहित हामी सबै मिलेर आफ्नो सहरलाई सफा, हरियाली र सुन्दर बनाउने अभियानलाई अझ सशक्त बनाउँदै अगाडि बढिरहेका छौं । प्रत्येक शनिबार यो अभियानलाई निरन्तरता दिनेछौं, ’भण्डारीले भन्नुभयो ।
अभियानमा सिद्धार्थनगर नगरपालिका, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय एसएसबी, किराना तथा प्लाष्टिक व्यवसायी संघ, सेफ फ्युचर, लुम्बिनी खुकुरी क्लब र हाम्रो बेलहिया राम्रो बेलहियालाई लगायतले सहयोग गरेको उहाँको भनाइ छ ।
वातावरण स्वच्छ राख्नु सबैको नागरिक कर्तव्य हो भएको उहाँले बताउनुभयो । ‘आउनुहोस्, हामी मिलेर आफ्नो शहरलाई नमुना बनाउने यस अभियानलाई निरन्तरता दिऔं, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा भण्डारीसहित अभिषेक चौधरी, विकास भण्डारी, किरन काकी, अमित जी.डी, सागर बेल्बासे लगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij