२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

सोमवार , चैत्र ३०, २०८२

  • 289
    Shares
  • 289
    Shares
  • काठमाडौं, ३० चैत । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

    राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।

    उहाँले सशस्त्र प्रहरीले अंगीकार गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व सहयोग र विपद् व्यवस्थापन अवधारणाले मुलुकको सुरक्षामा प्रभावकारी योगदान पु¥याएको विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्रीले तालिम शिक्षालयहरूको स्तरोन्नति र गुणस्तर अभिवृद्धिका लागि गृह मन्त्रालयले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

    दीक्षित हुनुभएका सशस्त्र प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै मन्त्री गुरुङले शाहस, अनुशासन र इमान्दारितालाई जीवनको मार्गदर्शक सिद्धान्त बनाउन आग्रह गर्नुभयो । उहाँले ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति रहेको चर्चा गर्दै शान्ति सुरक्षा कायम गर्न सङ्गठनको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘सङ्गठनलाई आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, सुरक्षा सामग्री र बन्दोबस्ती व्यवस्थापनमा नीतिगत तथा कार्यान्वयन तहमा सहयोग गर्न मन्त्रालय प्रतिवद्ध छ । लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनलाई आत्मसात गर्दै राष्ट्र र जनताप्रति इमानदार भएर कार्य गर्नु आजको आवश्यकता हो ।’

    मन्त्री गुरुङले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो ।