बिहिवार , बैशाख १०, २०८३
भैरहवा, १० वैशाख । सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा बिहीबारदेखि भैरहवामा दृष्टि सम्बन्धी अपांगता भएका महिलाहरुका लागि तीनदिवसीय अचार बनाउने तालिम सुरु भएको छ । नेत्रहीन महिला संघ नेपाल सुकेधारा, काठमाडौंको समन्वयमा तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख उमा अधिकारीले तालिम लिइसकेपछि व्यवसायिक रुपमा अगाडि बढ्न चाहे सिद्धार्थनगर नगरपालिकाले पक्कै पनि साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘तालिम लिइसकेपछि सदुपयोग नगरे यसको औचित्य हुँदैन । तालिम निःशुल्क भनिए पनि यहाँहरु (नागरिक) ले तिरेको करबाट यस्ता कार्यक्रम सञ्चालन भइरहेको भन्ने कुरा यहाँहरुले बुझ्नुपर्छ ।’ तालिमलाई तालिममा मात्र सीमित नगर्न उपप्रमुख अधिकारीले आग्रह गर्नुभयो।
‘हाटबजारमा उपप्रमुख कोशेली घर रहेको छ । त्यहाँ तपाईहरुले तयार पार्नुभएका अचारसहित अन्य उत्पादनले स्थान पाउनेछ, एकपटक त्यहाँ पनि पुग्न म अनुरोध गर्दछु, ’उहाँले भन्नुभयो ।
तालिममा १० जनाको सहभागीता रहेको प्रशिक्षक सावित्रा घिमिरेले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij