२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

भारतीय पर्यटकलाई दुःख दिने तीनजना बेलहियाबाट पक्राउ

शुक्रवार , बैशाख ११, २०८३

  • 187
    Shares
  • 187
    Shares
  • भैरहवा, ११ वैशाख । भारतीय पर्यटकलाई दुःख दिएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बस्ने २६ वर्षिय निरज हरिजन, सोही स्थान बस्ने ३२ वर्षिय बैजु कलवार र भारतको जिल्ला महाराजगंज सुनौली बस्ने २७ वर्षिय मुलायम यादवलाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार सिद्धार्थनगर नगरपालिका–१ स्थित सीमा नाका बेलहियामा भारतीय पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने तीनजनालाई बिहीबार प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी सापकोटाले जानकारी दिनुभयो ।