२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

लागूऔषध सेवन गरी सवारी चलाउने आठ चालक प्रहरी नियन्त्रणमा

शुक्रवार , बैशाख ११, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, ११ वैशाख । लागूऔषध सेवन गरी सवारी चलाउने आठजना चालक प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवल–भैरहवा सडकखण्डमा चल्ने सानाठूला सवारीसाधनहरुको चालकहरुलाई मादकपदार्थ तथा लागूपदार्थ सेवन चेकजाँच गरिएकोमा आठजना लागूऔषध सेवनकर्ता फेला परेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ ।
     
    प्रहरीका अनुसार बिहीबार रुपन्देहीको ओमसतिया गाउँपालिका–१ ठुटीपीपलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोली र सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवाको प्राविधिक सहयोगमा चेकजाँच गरिएको हो ।
     
    सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।