२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

लागूऔषध ओसारपसार तथा सेवन गर्ने २० जना पक्राउ

शनिवार , बैशाख १२, २०८३

  • 331
    Shares
  • 331
    Shares
  • भैरहवा, १२ वैशाख । रुपन्देहीमा प्रहरीले लागूऔषध ओसारपसार तथा सेवन गर्ने २० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतसमेतबाट खटिएको टोलीले २० जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जानकारी दिनुभयो ।

    जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिइएको डीएसपी सापकोटाले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।