शनिवार , बैशाख १२, २०८३
भैरहवा, १२ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नकुहिने फोहोर अर्को सूचना जारी नभएसम्मका लागि घरमै व्यवस्थापन गर्न नगरबासीमा अनुरोध गरेको छ ।
शनिबार नगरपालिकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । ‘आजकै मितिदेखि सार्वजनिक सडकमा फोहोर फालेमा रु. ५ हजारदेखि ५० हजारसम्म जरिवाना गरिनेछ । आफ्नै घरमा कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरौं, ’सूचनामा उल्लेख छ ।
कुहिने फोहोर प्रत्येक दिन उठाइने नगरपालिकाले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
