२०८३, बैशाख १४ गते

Apr 27 2026 | २०८३, बैशाख १४ गते

नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु

सोमवार , बैशाख १४, २०८३

  • 25
    Shares
  • 25
    Shares
  • काठमाडौं, १४ बैशाख । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ  ।

    सोमवार पार्टी मुख्यालय सानेपामा बैठक शुरु भएको हो । बैठकमा पार्टी संंसदीय दलका नेता चेयनबारे सर्वसम्मत निर्णय गर्ने काँग्रेसले जनाएको छ ।

    काँग्रेसभित्र पार्टी संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे, अर्जुननरसिंह केसीलगायतका सांसदहरुले दाबी गरेपछि त्यसलाई सहमतीमा टुंगो लगाउन पार्टीका उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्य दल नै गठन गरिएको थियो ।

    कार्य दलले सो बैठकमा सुझाव पेश गर्ने र पार्टी सभापति गगनकुमार थापाले सो सम्बन्धमा आवश्यक निर्णय लिने नेताहरुले बताएका छन् ।